Logo

भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालाबाट गरिदै



काठमाडौं, १६ पुस । ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबारदेखि सुरू हुँदैछ । सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन कार्यक्रममा सहभागी हुन रंगशाला पुगिसकेकी छन् । साथै उपप्रधानमन्त्री तथा ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, विशिष्ट मन्त्रीहरू तथा नेताहरू सहभागी छन् ।

कार्यक्रममा जनसहभागिता समेत रहेको छ। कार्यक्रममा विदेशी पाहुना आउने क्रम जारी छ । ‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ । उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्नेछिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्नेछिन् । साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटनमा मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ ।

अन्त्यमा उद्घाटन कार्यक्रम अतिसबाजी पड्काइ ‘यो मन त मेरो नेपाली हो।।’ बोलको नेपाली गीतसँगै उद्घाटन कार्यक्रम समापन गरिने जनाइएको छ। कार्यक्रम पौने ८ बजे सकिने अनुमान गरीएको छ।

प्रतिक्रिया दिनुहोस्