सीमा अतिक्रमणबारे जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव पारित
काठमाडौं, १७ पुस । लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपालका भूमि भारतले अतिक्रमण गरेको विषयमा राष्ट्रियसभामा पेश भएको जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव पारित भएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईं समर्थक रहेको उक्त प्रस्तावमाथि बिहीबार राष्ट्रियसभामा छलफलपछि पारित भएको हो ।
नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाउन र सीमा विवाद हल गर्नका लागि कूटनीतिक पहल गर्नका लागि संकल्प प्रस्ताव पेश भएको थियो । उक्त प्रस्तावमाथि संशोधनको सूचना भने प्राप्त भएको थिएन। संकल्प प्रस्ताव ध्वनी मतबाट पारित भएको हो।
‘
