Logo

सार्वजनिक नीति भन्नाले के वुझिन्छ ? र राष्ट्रिय नीति तर्जुमा कसरी गरिन्छ ?



प्रश्न : सार्वजनिक नीति भन्नाले के वुझिन्छ ? राष्ट्रिय नीति तर्जुमा कसरी गरिन्छ ? (१०)

उत्तरः सार्वजनिक नीति भन्नाले कुनै कार्य सम्बन्धमा अपनाउनृ पर्ने मुख्य मु्ख्य प्रकृया सम्बन्धी सामान्य निर्देशन हो । कुनै पनि मुलुकको शान्ति सुरक्षा र अमनचयन कायम गर्न राष्ट्र निर्माण अगाडि बढाउन र सार्वभौमसत्ता जोगाउन अपनाउने राजनीतिक, आर्थिक, सामाजिक र वैदेशिक नीतिलाई राष्ट्रिय नीति भनिन्छ । उदाहरणको लागि संविधान, सुरक्षानीति, कृषिनीति, पर्यटन नीति र वन नीति आदिलाई राष्ट्रिय नीतिको रुपमा लिन सकिन्छ ।

सार्वजनिक नीतिहरु सार्वजनिक हित प्रयोजनको निमित्त आवश्यकतानुसार सकारात्मक नकारात्मक दुवै हुने गर्दछन् ता पनि दुवैको उद्देश्य सार्वजनिक हित नै हो । यसै गरी राष्ट्रिय नीतिहरु नियम कानुनमा आधारित हुन्छन् र तिनको पालना गनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ ।

सार्वजनिक नीति निर्माण प्रकृया
नीति निर्माणका प्रकृया भन्नाले नीति तर्जुमाको प्रकृयालाई बुझाउछ । यसमा सिद्धान्तहरु के के छन, तर्जुमा कसरी कुन आधारमा गरिन्छ, के कस्ता तत्व र शत्तिहरुको उपस्थिति रहन्छ र तिनिहरुवाट नीति कसरी प्रभावित हुन्छ भन्ने कुराको व्याख्या गरिन्छ ।

प्रजातान्त्रीक शासन व्यवस्था भएका मुलुकमा जे जस्ता सिद्धान्त मुल्य मान्यताहरु र आवरण हुनु पर्छ ति सवै नेपालको संविधान २०४७, २०६३ र २०७२ ले अंगीकार गरेको छ । शासन संचालन लगायतका नीति निर्माण प्रकृयाहरु संवैधानिक रुपमा नै व्यवस्था गरिएको छ । यसर्थ नेपालको संविधान नै सार्वजनिक नीतिको संस्थागत आधार हो ।

यसैगरी मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीतिहरु राज्यका दायित्वमा भएका स्पष्ट व्यवस्थाहरु नीति तर्जुमा गर्दा ध्यान दिने आधारभूत विषयहरु हुन । यि व्यवस्थाहरु सरकारका कृयाकलापका लागि मार्ग दर्शन हो ।

संविधानले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई शक्ति नियन्त्रण र सन्तुलन अनुसार कार्य गर्ने अधिकार दिएको छ भने सरकारका ३ तक संघ, प्रदेश र स्थानिय सरकारवाट मुलुको काम कारवाही संचालन हुने व्यवस्था गरेको छ । यसैगरी संवैधानिक आयोगहरु व्यवस्था समेत गरी संविधान विपरित बनेका नीति नियम कानून लाई वदर गर्ने व्यवस्था समेत गरेको छ । अन्तर्राष्ट्रिय नीति नियम संधि संझौता, सार्वभौम सांसदको दुइ तिहाई वहुमतले पास गर्ने व्यवस्था पनि नीति निर्माणको महत्वपुर्ण कडी हो ।

अन्तर्राष्ट्रिय अर्थतन्त्रको प्रभाव, अन्तर्राष्ट्रिय संस्थाहरु र यु एन एजेन्सीहरुबाट प्राप्त वैदेशिक सहायता आदिले पनि नीति निर्माणमा महत्वपूर्ण भुमिका खेल्छन् । तसर्थ सर्वसाधारण जनताको जीवनस्तरमा पर्ने प्रभाव संवेदनशील हुने हुँदा सार्वजनिक÷ राष्ट्रिय नीति निर्माण प्रति सर्वथा चनाखो भै प्रभावीत पार्ने संभावनाहरु केलाई सरोकारवालाहरुको चासो चिन्ता समेट्ने गरी नीति निर्माण गरिनु पर्ने हुन्छ ।

नीति निर्माण प्रक्रियाः
– कार्यकारिणी र नीति निर्माण
– विभागतन्त्र र नीति निर्माण
– व्यवस्थापिका र नीति निर्माण
– राष्ट्रिय योजना आयोग र नीति निर्माण
– न्यायपालिका र नीति सिद्धान्त
– प्रदेश र स्थानिय निकायका नीति निर्माण

प्रतिक्रिया दिनुहोस्