न्यायपरिषदको सदस्यमा निरालाको नाम सर्वसम्मत
काठमाडौं, २० पुस । संसदीय विशेष सुनुवाइ समितिले न्यायपरिषदको सदस्यमा नियुक्तिका लागि लक्ष्मीबहादुर निरालाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले निरालाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । समितिमा उपस्थित निरालाले सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।
