Logo

कार्यकक्षमै वडाध्यक्षमाथि हातपात



खोटाङ, २० पुस । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ । काका भतिजबीचको लेनदेनको विषयमा उत्पन्न बिवाद समाधानका लागि छलफल गराउनेक्रममा आईतबार वडाध्यक्ष भीमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार काका श्याम मुग्राती र भतिज अर्जुन मुग्रातीबीच लेनदेनको विषयमा बिवाद भएको र बिवाद मिलाउनका लागि छलफल गराउनेक्रममा अर्जुनले वडाध्यक्ष खत्रीमाथि मुक्का हानेको हो ।

छलफल गराउनेक्रममा मादक पदार्थले मातेर आएका अर्जुनले हातपात गरेको वडाध्यक्ष खत्रीले बताए । वडाध्यक्षले सम्झाउन खोज्दा लात्ती मुड्कीले टेबल हान्न थालेपछि बाहिर ठेल्दा सहायक कर्मचारीलाई समेत छातीमा मुक्का लागेको बताइएको छ ।

वडाध्यक्षलाई नाकमा मुक्का हान्ने ३० वर्षीय अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइदै गरेको प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । मापसे गरेर अमर्यदित क्रियाकलाप देखाएकामा अर्जुनलाई वटा कार्यालयले पटक–पटक रक्सी नखाने कागज गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्