लोक सेवा विशेष : सामाजिक द्वन्द्व, द्वन्द्वको प्रमूख स्रोत र कारणहरु
प्रश्न : सामाजिक द्वन्द्वको परिचय दिदै नेपालमा देखिँदै आएको सामाजिक द्वन्द्वको प्रमूख स्रोत तथा कारणहरु के के रहेको पाउनुहुन्छ ? चर्चा गर्नुहोस ।
– विपरित लक्ष्य, मूल्य, मान्यता, स्रोतको अपर्याप्तता, कार्य अन्तर निर्भरता, अस्पष्ट कानून, प्रभावहिन सञ्चाररसंवाद, विश्वासमा भिन्नता जस्ता कारणले व्यक्तिरसमुहरसमाजका बीच सिर्जित परिस्थिति विवाद र विवाद बढ्दै जाँदा उत्पन्न नकारात्मक स्थिति सामाजिक द्वन्द्व हो।
– Social Conflict is any situation in which two or more than two parties feels themselves in opposition.
– Power, Authority, Resources & Opportunity को समन्यायीक वितरण हुन नसक्दा, Values, Attitude, Norms & Expectations हरुको वेमेल हुँदा विवाद र द्वन्द्व सिर्जना हुन्छ।
– विवाद शास्वत सत्य हो । विवाद विहिन समाजमा मुर्दा शान्ति कायम हुन्छ जुन परिवर्तनको प्रतिरोधी हो तर द्वन्द्व बढ्दै जानु अप्रभावकारी शासनको उपज र कारण हो ।
– निश्चित हदसम्म द्वन्द्व आवश्यक छ । परम्परागत दृष्टिकोणले नकारात्मक रुपमा लिएतापनि आधुनिक दृष्टिकोणले द्वन्द्वलाई Necessary Evil को संज्ञा दिन्छ । द्वन्द्वलाई निश्चित हदसम्म बढ्न दिनु पनि पर्छ ।
– समयमै द्वन्द्व समाधान नभएमा यसले सामाजिक विखण्डन निम्ताउँछ ।
– द्वन्द्वका आयामहरुको चर्चा गर्दा सामाजिक द्वन्द्व पनि राजनैतिक द्वन्द्व, आर्थिक द्वन्द्व जस्तै एउटा आयाम हो तर राजनैतिक, आर्थिक, पर्यावरणीय लगायत सवै द्वन्द्वको असर भने समाजमा नै पर्ने, देखिने भएकाले समग्र द्वन्द्वलाई एकमुष्ठ रुपमा सामाजिक द्वन्द्वको रुपमा बुझिन्छ ।
नेपाली समाजमा देखिदैँ आएको सामाजिक द्वन्द्वको स्रोत तथा कारणहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ;
– बहुभाषिक, बहुजातीय, बहुधार्मिक विविधतायुक्त समाज,
– गरिवी, अभाव, हुँदा खाने र हुने खाने वर्गको वीचको बढ्दो अन्तर तथा बाक्लो उपस्थिति,
– स्रोत, साधन र अवसरमाथि सरल, सहज, सार्थक पहुँच स्थापित हुन नसक्नु,
– राजनैतिक रुपमा फरक फरक “वाद” को उपस्थिति,
– अस्पष्टरअपारदर्शी कानून, नीतिगत अस्थिरता,
– सबै वर्ग, समुदायको शासन, विकास र सेवाप्रवाहमा प्रतिनिधित्व, पहुँच, सहभागिता कायम नहुनु,
– सामाजिक बञ्चितिकरण, सिमान्तीकरण, स्रोत साधनको वितरणमा न्याय नहुनु,
यथार्थमा सामाजिक द्वन्द्व अपरिहार्य भएतापनि बढ्दो द्वन्द्व प्रभावहिन शासन, प्रशासन,विकास र सेवाप्रवाहको उपज हो। यसलाई बाञ्छित सीमाभित्र कायम गरी प्रतिस्पर्धात्मक समाजको निर्माणबाट समृद्ध राष्ट्रको निर्माणमा टेवा पुग्ने नै देखिन्छ ।
