Logo

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्यो



काठमाडौं, २४ पुस । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ ।

पुस १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप पुगेको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरू निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएका छन् ।

पुस १ यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २९ अर्ब ९३ करोड रुपैयाँले बढेर ३१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । निक्षेपभन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी छ ।

बुधबार बैंक तथा वित्तीय संस्थाहरूमा ४६ अर्ब रुपैयाँ तरलता रहेको छ । त्यस्तै बैंकहरूको कर्जा–पूँजी–निक्षेप अनुपात ९सिसिडी० रेसियो ७८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्