नेकपा संसदीय दलको निर्णय : प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौंडा
काठमाडौं, २५ पुस । प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौडा हुने निश्चित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलको शुक्रबार बसेको संसदीय बैठकले यस्तो निर्णय गरेको हो ।
पुस १३ मा बसेको नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न सम्बन्धित पार्टी कमिटी र प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको थियो ।
संविधानको धारा २८८ ९२० मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुने व्यवस्था छ। यो निर्णय लिन प्रदेश ३ मा ७४ मत भए पुग्छ। नेकपा एक्लैको त्यहाँ दुई तिहाइ मत (८० सिट) छ ।
