Logo

उर्जाको महत्वपूर्ण क्षेत्र वैकल्पिक उर्जाको महत्व छोटकरीमा लेख्नुहोस् ?



उर्जाको महत्वपूर्ण क्षेत्र वैकल्पिक उर्जाको महत्व लेख्नुहोस् ? (५)

“वातावरणमैत्री उर्जा वैकल्पिक उर्जा”
परम्परागत एवं प्रचलित उर्जाको सट्टामा प्रयोग गरिने उर्जालाई वैकल्पिक उर्जा भनिन्छ । जसअन्र्तगत लघु जलविद्युत, वायू उर्जा, सौर्य उर्जा वायो ग्यास आदि पर्दछन । वातावरणमैत्री दीगो विकास तथा सरल र सहज उर्जाको प्राप्तिमार्फत जनजीवन र अर्थतन्त्रमा टेवा पुर्याउन वैकल्पिक उर्जाको विशेष महत्व रहन्छ । नेपालको वर्तमान संविधानले पनि राज्यको नीति मार्फत नविकरणीय उर्जाको प्रयोगमार्फत उर्जाको आर्पूतिलाई सरल र सहज बनाउने नीति लिएको छ ।

वैकल्पिक उर्जाको महत्व
– दिगो विकासको लक्ष्यका साथै सवैको लागि दिगो उर्जाको अवधारणलाई सार्थक तुल्याउन,
– अन्तराष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्दै हरित अर्थतन्त्रलाई प्रवद्धन गर्न,
– वातावरणमैत्री विकास मार्फत दिगो विकास कायम गर्न,
– उर्जाको सहज पहुँच र उर्जा सुनिस्चितता कायम गर्न,
– छरिएर रहेका ग्रामीण वस्तीसम्म उर्जाको पहुँच पुर्याउन,
– शहरी क्षेत्रमा बढ्दै गैएको उर्जा सङकटलाई न्यूनीकरणमा सहयोग पु¥याउन,
– परम्परागत उर्जामाथिको निर्भरतालाई कम गर्न,
– जलवायु परिर्वतनको असरलाई न्यूनीकरण गनर्,
– कार्वन व्यापारलाई वढावा दिन,
– पर्यावरणीय सन्तुलन कायम गर्न,
– स्वच्छ वातावरण मार्फत स्वस्थ जनशक्ति प्राप्त गर्न
– सम्रगमा दिगो र दरिलो विकास कायम गर्न ।

अन्त्यमा,
वैकल्पिक उर्जाले उर्जास्रोतको सहज आपूर्ति मार्फत दिगो विकासमा टेवा पुर्याउने भएकोले यसको समुचित प्रयोगमा ध्यान दिनु सबैको जिम्मेवारी हो । यसो भएमा वातावरण रक्षा भई साझा पृथ्वीको अवधारणाले सार्थकता पाउने देखिन्छ ।

वैदेशिक लगानीबारे चर्चा गदै देश विकासमा वैदेशिक लगानीको भूमिका उल्लेख गर्नुहोस ? (१०

“राष्ट्र निमार्णको आधार वैदेशिक लगानी”
विदेशी लगानीकर्ताले शेयरमा गरेको लगानी, लगानीबाट प्राप्त आयको पुनर्लगानी तथा क्रृण वा क्रृण सुविधाको रुपमा गरेको लगानीलाई जनाउँदछ । विदेशी लगानीकर्ताले प्रत्यक्ष वा पोर्टफोलियो मार्फत लगानी गर्ने कार्य नै वैदेशिक लगानी हो । यो एक देशले अर्को देशको पूजीँ, प्रविधि,र अन्य क्षेत्रमा गर्ने लगानी हो । देशको आर्थिक विकास गर्दै अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर, उन्नतीशिल र समृद्ध बनाउन वैदेशिक लगानी अपरिहार्य हुन्छ । ।

नेपाल जस्तो अतिकम विकसित मुलुकको रुपमा मार खेपिरहेको मुलुकलाई समुन्नत तुल्याउन वैदेशिक लगानीको ठूलो भूमिका रहन्छ । मुलुकको अर्थतन्त्रलाई गति दिनका लागि यसको समुचित परिचालन भने आवश्यक हुन्छ । नेपाल पछिल्लो समयमा वैदेशिक लगानीको क्षेत्रमा सकारात्मक अवस्था देखिन्छ । वर्तमान संविधानले पनि आन्तरिक स्रोतको उपयोग गर्दै वैदेशिक लगानीलाई प्राथमिकतामा राखि प्रतिफलयुत्त क्षेत्रमा यसको परिचालन गर्ने नीति लिएको छ ।

विकासमा वैदेशिक लगानीको भूमिका
– वचत र लगानीको आवश्यकतावीचको अन्तर पुरा गर्न,
– राज्यको औधोगीकिकरणमा टेवा पु¥याउन,
– वैदेशिक व्यापारलाई प्रवद्र्धन गर्न,
– विकासको पूर्वाधारलाई दरिलो बनाउन,
– उत्पादन र उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सुदृढ गर्न,
– आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रवद्धन गर्न,
– राष्ट्रको विकासलाई गतिशील र अग्रगामी तुल्याउन,
– छरिएर रहेका स्रोतसाधनको समूचित परिचालन गर्न,
– ठूला ठूला विकासका आयोजनामा लगानी गर्न,
– विदेशी पूजी, सीप र प्रविधिलाई आन्तरीकरण गर्न,
– व्यावस्थापकीय र प्राविधिक कौशल भित्राउन,
– देशको आन्तरिक मागलाई पूरा गर्न,
– लगानीको उचित वातावरण वनाउन,
– अन्तरदेशिय सम्बन्धलाई वलियो वनाउन ।

यसरी, वैदेशिक लगानीले पूजी, प्रविधि र क्षमताको विकास मार्फत देशको अर्थतन्त्रलाई सुदृढ, समृद र चलायमान वनाउन विशेष भूमिका खेल्ने हुदाँ यसको समुचित परिचालन गरी जनअपेक्षा अनुरुप समृद राज्य निमार्ण गर्नु पर्दछ । सामाजिक आर्थिक रुपान्तरण, गरिबी न्यूनिकरण र मुलुकको समृद्धिका लागि वैदेशिक लगानीको महत्वपूर्ण भूमिका रहने कुरामा कसैको दुइमत हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्