Logo

मनाङका सरकारी कार्यालय सुनसान



लमजुङ, २५ पुस । हिमाली जिल्ला मनाङका सरकारी कार्यालय सुनसान बनेको छ । हिमपात पछिको चिसोका कारण जिल्लाका अधिकांश सरकारी कार्यालय सुनसान बनेको हो । अत्याधिक चिसो भएपछि कार्यालयका कर्मचारी समेत जिल्ला बाहिर तथा विदामा बसेका छन् ।

जिल्ला समन्वय समिति मनाङका अनुसार कार्यालयमा एकजना समेत सेवाग्राही आउँदैनन् । हिमपात भइरहेको र चिसो अत्याधिक भएका कारण जिल्लाका स्थानीय सबै बाहिर छन् ।

मनाङ जिल्ला अदालतका स्रेष्तेदार रामप्रसाद शर्माका अनुसार हिमपातपछि सेवाग्राही आउने क्रम घटेको छ । यसअघि पनि खासै मुद्दा नआउने गरेको र हिमपातपछि भने कुनै सेवाग्राही नआए हो । अदालतमा यसअघि पनि सेवाग्राही आउने क्रम कमै मात्रामा थियो ।

चिसो बढेपछि कुनै पनि नागरिक अदालतसम्म आउने गरेका छैनन् । कार्यालयका तामेलदार डिट्ठा यमबहादुर आलेले हिमपातको समयमा बर्षेनी कार्यालय सुनसान बन्ने गरेको छ । कर्मचारी भित्रै बसेर आँगो ताप्ने गरेपनि सेवाग्राही बाटोमा थुप्रिएको हिउँमाथि हिँड्न नसक्दा र अधिकांश बाहिर गएकाले पनि कार्यालय सून्य बनेको छ ।

स्रोतका अनुसार जिल्लाका सरकारी कार्यालयका कर्मचारीलाई सेवाग्राही कति बेला आउला भनेर कुर्नुपर्ने बाध्यता छ । जनसंख्या कम हुँदा र भएका पनि जिल्ला बाहिर बसिदिँदा सरकारी कार्यालय सुनसान बनेको छ । केहि कार्यालयका कर्मचारी कार्यालय आएर बस्ने गरेपनि केहि कार्यालयमा भने कर्मचारी समेत आएका छैनन् । कुनै कार्यालय कार्यालय सहयोगीको भरमा समेत चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्