Logo

नवलपरासीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण



नवलपरासी, २७ पुस । पश्चिम नवलपरासीमा ८०९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेको छ । स्थानीय तहका ७०७, प्रदेशसभाका नौ र प्रतिनिधिसभा निर्वाचनका तीनजना उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले आफूले गरेको खर्चको विवरण बुझाउनु पर्ने प्रावधान छ । तर जिल्लामा एक हजार ४६ उम्मेदवारले मात्र खर्च विवरण बुझाएको छैन । जिल्ला निर्वाचन कार्यालयका अनुसार कार्यालयमा खर्च विवरण बुझाउनेमा स्थानीय तहका ९६९, प्रदेशसभाका ५४ र प्रतिनिधिसभाका २३ जना उम्मेदवार रहेका छन् । ८०९ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको छ ।

जिल्लामा स्थानीय तहका एक हजार ७६६, प्रदेशसभाका ६३ र प्रतिनिधिसभाका २६ गरी एक हजार ८५५ जना उम्मेदवार रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहतर्फ पाल्हिनन्दन गाउँपालिकाका १४७ उम्मेदवारमध्ये ८२ जनाले मात्र खर्च विवरण बुझाएका छन् । अझै ६५ जनाले खर्च विवरण बुझाउन बेवास्ता गरेका छन् ।

प्रतापपुर गाउँपालिकाका १६३ उम्मेदवारमध्ये ३१ जनाले मात्र खर्च विवरण बुझाएका छन् । १३२ जनाले खर्च विवरण बुझाएनन् । बर्दघाट नगरपालिकाका ३५३ उम्मेदवार मध्ये २३६ उम्मेदवारले खर्च विवरण बुझाएका छन् भने ११७ जनाले बुझाएनन् । रामग्राम नगरपालिकाका ४६३ उम्मेदवारमध्ये २५४ ले खर्च बुझाएका छैनन्, २०९ जनाले मात्र खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ ।

यसैगरी सरावल गाउँपालिकाका १८८ उम्मेदवारमध्ये ६४ जनाले खर्च बुझाएनन् । १२४ उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । सुनवल नगरपालिकाका कूल ३२३ उम्मेदवार मध्ये ८६ जनाले खर्च विवरण बुझाएनन् भने २३७ उम्मेदवारले विवरण बुझाएका छन् । सुस्ता गाउँपालिकाका १२९ उम्मेदवारमध्ये ७९ उम्मेदवारले खर्च विवरण नबुझाएको र ५० जनाले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नं १ का १५ उम्मेदवारमध्ये तीन जनाले खर्च विवरण बुझाएका छैनन् । क्षेत्र नं २ मा भने ११ उम्मेदवार रहेकामा सबैले खर्च विवरण बुझाएको कार्यालयले जानकारी दिएको छ ।

प्रदेशसभा अन्तर्गत क्षेत्र नं १ ९१० का १४ उम्मेदवार रहेकामा १२ जनाले मात्र बुझाएका छन् भने क्षेत्र नं १ ९२० का १३ जनामध्ये १२ जनाले खर्च विवरण बुझाएका छन् । क्षेत्र नं २ ९१० मा १७ उम्मेदवारमध्ये १४ जनाले बुझाएका छन् भने क्षेत्र नं २ ९२० मा १९ उम्मेदवार रहेकामा १६ जनाले खर्च विवरण बुझाएका छन् । उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश नगरेमा सजायको पनि व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्