दुई लाख घुस सहित वडा अध्यक्ष पक्राउ
नवलपरासी रामग्राम न.पा. वडा नं.१८ का वडा अध्यक्ष गोपाल डिस्वा मगर दुई लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । सेवाग्राहीले तिरेको नगतको बिल लिन खोज्दा बिल नदिएपछि उनी विरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले मगरलाई नियन्त्रणमा लिइएको थियो ।
मगरले सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने भन्दै २ लाख घुस लिएका थिए ।
मगरले नियमानुसार उपलब्ध गराउनुपर्ने नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवाटहल तथा औषधि उपचारको सिफारिसको लागि सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेको र पदीय मर्यादा उल्लंघन गरेको भन्दै २ लाख बिगो सहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय रमागदाबी सहित आइएताबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
