४९ करोड बढी बिगो माग्दै श्रुति ट्रेडर्सविरूद्ध मुद्दा
काठमाडौं, २८ पुस । रुपन्देहीको श्रुति ट्रेडर्स र त्यसका सञ्चालकविरूद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख ९५ हजार ४८० बिगो कायम गरी विभागले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विभागका अनुसार मुद्दा दायर भएकामा प्रोप्राइटर आशिष गुप्ता र मुख्य कारोबारी सन्नी गुप्ता छन् ।दुवैलाई बिगोको दोब्बर जरिवाना र तीन वर्ष सजाय माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त फर्ममाथि अनुसन्धान गर्दा न्यून विजकीकरण गर्ने, विक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरिदको लागत देखाउने, मालवस्तु बिना बिलरबिजक विक्री गर्ने तथा मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको हो ।
उक्त फर्मले बिल बिजक जारी नगरी माल सामान विक्री गरी नेपाल सरकारलाई तिर्नुर बुझाउनु पर्ने आयकर चुहावट गरेको विभागले जनाएको छ ।
