Logo

मोबाइल टावरमा आक्रमण नगर : प्राधिकरण



काठमाडौं, २९ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाका टावरमा आक्रमण नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।

मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको बताउँदै प्राधिकरणले त्यस्ता कार्य बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको हो ।

‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरूमा पर्ने हुन्छ । नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावरलगायतका प्रणालीमा क्षति नपुर्‍याउन र त्यस्ता कार्य तत्काल बन्द गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

अज्ञात समूहले दिनहुँजसो मोबाइलका टावरमा आगजनी गरिरहेको छ । आज मात्रै काठमाडौंका दुई स्थानमा एनसेलका टावरमाथि आक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्