वाग्मती प्रदेशमा मात्रै छैन सार्वजनिक बिदा !
काठमाडौं, १ माघ । माघे सङ्क्रान्तिको अवसरमा बुधबार केन्द्र सरकारले सार्वजनिक बिदाको घोषणा नगरे पनि प्रदेश सरकारहरुले भने बिदा दिएका छन् ।
वाग्मतीबाहेक अरु सबै प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । वाग्मती प्रदेशमै पर्ने नुवाकोटको ककनी र म्यागङ गाउँपालिका तथा रसुवाको उत्तरगया गाउँपालिकाले भने सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
प्रदेश ५ ले भने बिहीबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघी पर्व विशेषरुपमा मनाउने थारु तथा मगर समुदायको धेरै बसोबास रहेकाले बुधबार र बिहीबार बिदा दिइएको छ ।
