संवैधानिक इजलासको परिचय दिदै यसको क्षेत्राधिकार प्रष्ट पार्नुहोस् ।
संवैधानिक इजलासको परिचय दिदै यसको क्षेत्राधिकार प्रष्ट पार्नुहोस् । (नायब सुब्बा, तेस्रो पत्र, नेपाल न्याय सेवाको लागि )

संवैधानिक इजलास:
नेपालको संविधानले निश्चित विवादहरुको निरोपण गर्नका लागि एक विशिष्ट इजलास रहने व्यवस्था गरेको छ, जुन संवैधानिक इजलास हो । सर्वोच्च अदालतमा रहने एक इजलास भए तापनि यसको क्षेत्राधिकार संविधानले नै तोकेको तथा इजलास सञ्चालनको कार्यविधि समेत छुट्टै कानूनले निर्धारण गर्ने व्यवस्था भएबाट यसलाई विशिष्ट इजलासको रुपमा लिन सकिन्छ । मुख्यतः सारवान कानूनको व्याख्याको विषयमा जटिल कानूनी प्रश्न उठेमा त्यसको न्याय निरोपण गर्नको लागि यो इजलासको परिकल्पना गरिएको हो।
यसमा प्रधान न्यायाधीशको अतिरिक्त न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य ४ जना सर्वोच्च अदालतका न्यायाधीशहरु गरी कुल ५ (पाँच) जना न्यायाधीशहरु रहन्छन । नेपालको संविधानको धारा १३७ मा यस सम्बन्धी व्यवस्था रहेको छ। सर्वोच्च अदालतले संवैधानिक इजलासको सञ्चालन सम्बन्धी आवश्यक व्यवस्था गरेको हुन्छ । हाल यसको सञ्चालनको लागि सर्वोच्च अदालतले “सर्वोच्च अदालत ९संवैधानिक इजलास सञ्चालन० नियमावली, २०७२” जारी गरेको छ ।
संवैधानिक इजलासको अधिकारक्षेत्र:
नेपालको संविधानको धारा १३७ ९२० र ९३० तथा सर्वोच्च अदालत ९संवैधानिक इजलास सञ्चालन० नियमावली, २०७२ को नियम ३ ले संवैधानिक इजलासको अधिकार क्षेत्रलाई प्रष्ट पारेको छ। यस इजलासले निम्न विवाद वा अवस्था उपर कारवाही र किनारा (फैसला) गर्न सक्छः
– संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लगाइएको वा अन्य कुनै कारणले कुनै कानून संविधानसँग बाझिएको अवस्थामा पुरै वा बाझिएको हदसम्म उक्त कानूनलाई बदर घोषणा गर्ने,
– संघीय कानूनसँग प्रदेश र स्थानीय कानून वा प्रदेश कानूनसँग स्थानीय कानून वाझिएको अवस्थामा परै वा वाझिएको हदसम्म त्यस्तो कानून बदर घोषणा गर्ने,
– संघ-प्रदेश, प्रदेश-प्रदेश, प्रदेश-स्थानीय तह, स्थानीय तह- स्थानीय तहका बीचमा अधिकार क्षेत्रको बारेमा भएको विवाद हेर्ने,
– संघीय संसद वा प्रदेश संसदको निर्वाचन सम्बन्धी विवाद र संघीयरप्रदेश संसदका सदस्यहरुको अयोग्यता सम्बन्धी विवाद हेर्ने,
– सर्वोच्च अदालतमा विचाराधिन कुनै मुद्दामा गम्भिर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा हेर्न प्रधान न्यायाधीशले संवैधानिक इजलासलाई तोकेको अवस्थामा।
संवैधानिक इजलास सर्वोच्च अदालतको एक वृहत पूर्ण इजलाश हो। यसले गरेको विवादको कारवाही र किनारा अन्तिम हुन्छ । कुनै रुपबाट पनि पुनः हेर्न (कारवाही, किनारा (फैसला)गर्न मिल्दैन ।
