Logo

लेकसेवा विशेष : सामान्य ज्ञानरप्रश्नोत्तर



१) प्राकृतिक स्रोतअन्तर्गत रोयल्टीको बाँडफाँट गर्दा नेपाल सरकारले वनबापतको रोयल्टी कति प्रतिशत पाउने व्यवस्था गरिएको छ ?
– ५० प्रतिशत

२) नेपालको संविधानको धारा ६० को उपधारा ३ मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तिय हस्तान्तरणको परिणाम कसको सिफारिसबमोजिम हुने व्यस्था छ ?
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

३) नेपालको कूल जनसंख्याको कति प्रतिशतमा अपांगता रहेको छ ?
– १.९४

४) उडुस खानाबिना नै कति दिन जीवित बस्न सक्छ ?
– १ सय २० दिन

५) विवाहमा छोरी अन्माउँदा विषको कटौरासहित अन्माउने जाति कुन हो ?
– थारू

६) मौरीको महमा कुन भिटामिन हुन्छ ?
– भिटामिन ए र के

७) राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा कसलाई सिफारिस गरिएको छ ?
– बालानन्द पौडेल

८) कीर्तिपुर विजय गर्ने गोरखाली सेनाका सेनापति को थिए ?
– शूरप्रताप शाह

९) खसराज्यका संस्थापकको नाम के हो ?

– नागराज

१०) आर्थिक सर्वेक्षण २०७४/७५ का अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी गरिबी र कम गरिबी रहेको प्रदेश कुन कुन हुन् ?
– क्रमशः कर्णाली प्रदेश र प्रदेश ३

११) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कहिलेसम्म सक्ने लक्ष्य राखिएको छ ?
– २०२१ जुलाईसम्म

१२) पूजा गर्दा जल चढाउने भाँडोलाई के भनिन्छ ?
– पञ्चपात्रो

१३) अमेरिकाले चन्द्रमा पर्यटक लैजाने नयाँ योजना कहिले अघि सार्वजनिक गर्यो ?
– २०१८ सेप्टेम्बर १२

१४) बेलायतको टाइम्स हाइअर एजुकेसनले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिभुवन विश्वविद्यालय विश्वको कतिऔं उत्कृष्ट स्थानमा रहन सफल भएको छ ?
– १ हजार स्थानमा

१५) विश्व आर्थिक स्वतन्त्रतामा नेपाल र र भारतले कति कति स्थानमा प्राप्त गरेका छन् ?
– क्रमशः १०२ र ९६औं स्थान

प्रतिक्रिया दिनुहोस्