Logo

वालिङमा औद्योगिक ग्राम सञ्चालन हुँदै



स्याङ्जा, ५ माघ । वालिङ नगरपालिका–१० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ९२ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले ६० लाख तथा बाँकी नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने नगरपालिकाले जानकारी दिएका छन् ।

नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वडा नं १० बैंडी, वडा नं १ बौवा, वडा न. ११ पञ्चमूल, वडा नं १२ को धनमुढा, वडा नं १३ को बाह्रविसे र वडा नं १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम सञ्चालनका लागि जग्गा छनोट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्