लोकसेवा सामान्य ज्ञान (प्रश्नोत्तर)
१) पशुपन्छी पालन क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादनमा कति प्रतिशत योगदान दिएको छ ?
– ११ प्रतिशत
२) हाल मुलुकको लैंगिक हिंसा दर कति छ ?
– २६ प्रतिशत
३) नेपालमा हालसम्म कति जिल्ला सदरमुकाममा कालोपत्रे सडक सञ्जालको पहुँच पुगेको छ ?
– ६७ जिल्लामा
४) सरकारले कति वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ ?
– १० वर्ष
५) जापानले कहिले अमेरिकासमक्ष आत्मसमर्पण गर्यो ?
– १४ अगस्ट १९४५
६) भूमध्य सागरलाई काट्ने एक मात्र नदी कुन हो ?
– कंगो
७) विश्वको सबैभन्दा बढी महिला सैनिक भएको देश कुन हो ?
– इजरायल
८) बाथरोग शरीरको कुन अंगमा लाग्छ ?
– जोर्नी
९) नेपालमा हाल इन्टरनेट ग्राहकको संख्या कति पुगेको छ ?
– ४६.५ प्रतिशत
१०) महाभारतअनुसार भीष्मकी आमाको नाम के थियो ?
– गंगा
११) हिन्दू धर्मअनुसार ताराकासुरलाई कसले मारेको थियो ?
– कुमार
१२) संसारमा सबैभन्दा धेरै रोबोट उत्पादन गर्ने राष्ट्र कुन हो ?
– जापान
१३) दमौली कुन नदीको किनारमा रहेको छ ?
– मादी
१४) रतन्धो लागेका मानिसलाई कुन भिटामिन आवश्यक पर्छ ?
– भिटामिन ए
१५) मदन पु्रस्कारको स्थापना कहिले भएको थियो ?
– २०१२ साल
