Logo

लोक सेवा सामान्य ज्ञान : २०७६ वैशाख र जेठ महिनाका मुख्य घटनाहरु



१) बैशाख ५ गते (१८ अप्रिल ) : नेपाली स्याटलाइट १ सर्वप्रथम अन्तरिछमा प्रछेपण , आभास मास्के र हरिराम श्रेष्ठले उक्त स्याटलाइट तयार गर्नु भएको हो ।

२) बैशाख ८ गते (२१ अप्रिल) : श्रीलंकामा भएको आत्मघाती बिस्फोटमा ३०० भन्दा बढी नागरिकको मृत्यु ।

३) बैशाख १४ गते (२७ अप्रिल) : चिन भ्रमणको क्रममा बेल्ट एंड रोड फोरममा रास्ट्रपति भण्डारीको सम्बोधन ।

४) बैशाख १७ गते (३० अप्रिल) : Equatorial Guinea संग नेपालको १६५ ओ दौत्य सम्बन्ध कायम, यो मध्य अफ्रिकी मुलुक हो ।

५) बैशाख २२ गते (मे ५) : विश्व हासो दिबस, यो दिबस सन् १९९८ देखि मनाउन सुरु गरिएको हो

६) बैशाख २९ गते (मे १२) : भियतनाम भ्रमणको क्रममा प्र.म. ओली र भियतनामी प्रधानमन्त्री बीच १६ बुदे सहमति ।

७) बैशाख ३० गते (मे १३) : १३ ओ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्बजनिक, उक्त लोगो भोला पौड्यालले बनाएका हुन्, सो प्रतियोगिता नेपालमा २०७६ मङ्सिर १५ देखि २४ गते सम्म हुने भएको छ ।

७) जेठ ४ गते : २५६३ ओ बुद्ध जयन्ति संगै लुम्बिनी भ्रमण वर्ष २०७६, बुद्ध जन्मस्थल लुम्बिनी जाउ, शान्तिको संदेश फैलाउ भन्ने नारा सहित सुरु ।

८) जेठ ७ गते ९मे २१० : २४ ओ पटक कामिरिता शेर्पा सगरमाथामा ।

९) जेठ ८ गते (मे २२) : सगरमाथाको उचाई नाप्न नापी विभागको उपसचिव खिमलाल गौतमको नेतृत्वको टोलि सगरमाथाको चुचुरोमा पुग्न सफल ।

१०) जेठ १३ गते : सबै भन्दा कम समयमा सगरमाथाको आरोहण गरि किर्तिमान कायम गर्ने पर्वतारोही मिन्ग्मा दोर्जी शेर्पा हुन् । उनि छ घण्टा एक मिनेटमा सगरमाथाको सिखर मा पुगेका थिए ।

११) जेठ १५ गते : आ. ब. २०७६/७७ को लागि बजेट प्रस्तुत, कुल बजेट रु. १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख, ८.५५ ले आर्थिक बृदिदर प्राप्त गर्ने लक्ष्य, ५ लाख रोजगारी सिर्जना गर्ने ।

१२) जेठ १६ गते (मे ३) : प्रथम राष्ट्रिय महिला दिबस, नेपालमा पहिलो पल्ट २०७६ को जेठ १६ मा मनाएको हो, नारा चाही लैंगिक विभेदको अन्त्य स् सम्बृद नेपालको गन्तब्य रहेको छ ।
दोस्रो कार्यकाल को लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनस् सपथग्रहण, नेपालबाट प्र.म. ओली सहभागी ।

१३) जेठ २२ गते (जुन ५) : विश्व बाताबरण दिबस २०१९, नारा स्वछ बायु स्वस्थ जिबन चीनले सर्बप्रथम समुन्द्र बाट रकेट प्रछेपण ।

१४) जेठ २२/२३ गते : उध्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रालयद्वारा काठमाडौँमा सार्कस्तरीय युवा बैज्ञानिक सम्मेलन आयोजना ।

१५) जेठ २७(२८ गते : विपद व्यवस्थापन, पुनस्निर्माण, उर्जा र जलबादक्षिण एसियायु परिबर्तनको छेत्रमा स्थानीय तहको भूमिका सम्बन्धि दक्षिण एसियाली सम्मेलन काठमाडौँमा सम्पन्न, सन् २०१५ मा जापानमा भएको सम्मेलनले विपद न्यूनीकरणको लागि सन् २०३० सम्मको सेंडाइ फ्रेमवोर्क तयार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्