Logo

वन कार्यालयका प्रमुख रङ्गेहात पक्राउ



रुपन्देही, ८ माघ । रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठ ५ हजार घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

काठको सिफारिस गरेवापत सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्