Logo

साझालाई दिएको तीन अर्ब ब्याजसहित फिर्ता



काठमाडौं स् सरकारले साझा यातायातलाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता निले लिने भएको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साझालाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन् ।

बिजुली बस खरिद गर्नका लागि निकासा भएपनि समयमा साझा यातायातले बस किन्न नसकेपछि सरकारले रकम फिर्ता लिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । मन्त्रीपरिषद्को यो निर्णयसँगै सरकारले आफैँ बस खरिद गरेर सञ्चालन गर्ने मन्त्री बाँस्कोटाले बताए ।

सरकारले २०७६ असारमा साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो ।

‘साझा यातायातलाई तीन सय नयाँ विद्युतीय बस चलाउन २०७६ असारको मन्त्रिपरिषद्को निर्णयानुसार दिइएको ३ अर्ब रुपैयाँ अहिलेसम्मको व्याजसहित फिर्ता लिने निर्णय भएको छ । संस्थाले ती बस सञ्चालन गर्न नसकेको भन्दै यस्तो निर्णय लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्