Logo

हङकङमा पनि कोरोना भाइरस : संकटकालको घोषणा !



हङकङ, १२ माघ । चीनमा महामारीकै रुप लिन लागेको कोरोना भाइरसको संक्रमण अन्य देशमा पनि फैलिएको छ । कोरोना भाइरसको असरसँगै हङकङमा संकटकाल घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठनले यसअघि नै संकटको घढी भन्दै चिन्ता व्यक्त गरेको थियो ।

चीनको भाइरस पछिल्लो पटक मलेसियामा समेत देखिएको छ । यसअघि थाइल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, जापान, अमेरिका र नेपालमा पनि भाइरसको असर देखिएको छ । विभिन्न मुलुकले आफ्नो सीमाक्षेत्रमा भाइरसको असरबाट बच्न उच्च शतर्कता अपनाएका छन् ।

चीनमा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ । १२ सय भन्दा धेरै संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्