Logo

पत्रकार कुट्ने गर्ने मेयरविरुद्ध किटानी जाहेरी



जनकपुरधाम, १२ माघ । जनकपुरधाम उप-महानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध किटानी जाहेरी परेको छ। नेपाल पत्रकार महासंघ धनुषा शाखाले उपमहानगर प्रमुख साहविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन्।

पत्रकार महासंघ धनुषाको तर्फबाट अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उप(महानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्घ जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन्।

विश्वसम्पदा सूचिमा सुचिकृतको तयारीमा रहेको जानकी मन्दिरको जग्गा अतिक्रमण विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई मेयरको निर्देशनमा कुटपिट गरिएको घटनामा जाहेरी दिइएको हो ।

घटनापछि जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय(सर्वदलीय बैठकबाट दुई साताअघि दोषिलाई पक्राउ गरी कारवाही गर्ने सहमति कार्यान्वयन नभएपछि अध्यक्ष मिश्रले आइतबार मेयरविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

गत पुस २२ गते जानकी मन्दिरको फूलबारी अतिक्रमणका विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि मेयर साहको निर्देशनमा दुव्र्यवहार, कुटपिट तथा संचार सामग्री खोसिएको थियो । घटनामा कान्तिपुर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका सुभाष कर्ण, एबिसी टेलिभिजनका सुमित मिश्रलाई कुटपिट गरी घाइते बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्