कम्प्युटर अधिकृत घुससहित पक्राउ
काठमाडौं, १४ माघ । आन्तरिक राजस्व कार्यालय, चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारी दस हजार घुससहित पक्राउ परेका छन् ।
अधिकारीले बिद्युतिय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भन्दै सेवाग्राहीसँग घुस लिने गरेका यिए । काम गरिदिने भन्दै घुस मगेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले अधिकारीलाई सेवाग्राहीसँग लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
आफ्नै कार्यकक्षमा घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका आधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
