पूर्व उपसभामुख शिवमाया केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं, १५ माघ । पूर्व उपसभामुख समेत भइसकेकी सांसद शिवमाया तुङ्बाहाम्फेलाई नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रचार विभागका उपप्रमुख सूर्यथापाले जानकारी दिए ।
शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन् । सभामुख र उपसभामुखपदमा निर्वाचित भएपछि दलगत आवद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ ।
पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन् । उनी एकीकरण भएर नेकपा बन्नु अघि एमालेकी केन्द्रीय सदस्य थिइन् ।
