Logo

कर्मचारीततन्त्रउपर लागेका मूलभूत आरोपहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।



कर्मचारीततन्त्रउपर लागेका मूलभूत आरोपहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।

कर्मचारीतन्त्र स्थायी र कानुनी संयन्त्रका रुपमा अवलम्वन गरिएको भएतापनि यसउपर विभिन्न आरोपहरु लगाई विकल्पहरु समेत सुझाइएको पाइन्छ । प्रमुखरुपमा कर्मचारीतन्त्र विरुद्ध लागेका लान्छनाहरु यसप्रकार रहेका छन् ;

  • नियम कानुन र कार्यविधिमा अत्यधिक निर्भरताका कारण काममा विलम्व र स्रोतसाधनको अपव्यय हुने  (Low efficiency)
  • परिणाममा भन्दा प्रकृयामा जोड दिइनुले सेवाग्राहीमा वितृष्णा जाग्ने संभावना (Process orientation)
  • नियन्त्रण र आदेशमुखी कार्यप्रणाली (Control Orientation)
  • गतिशीलता र सरकारवाहेकका पात्रहरुसँग अन्तरकृयाको अभाव
  • परिवर्तनको प्रतिरोध र विरोध एवं परिवर्तनबाट हुने जोखिमसँग डराएर पलायन हुने प्रवृत्ती मितव्ययिता, दक्षता, व्यवसायिकता, प्रभावकारिता जस्ता व्यवस्थापकीय मूल्य मान्यताको उपेक्षा
  • अनुमान गर्न सकिने र नियमित कामका लागि मात्र उपयोगी देखिने
  • काम विग्रदा जिम्मेवारी लिने र सप्रदा सवैलाई जस दिने गुणको अभाव । अर्थात सामूहिक र व्यक्तिगत जवाफदेहिताको निकै कमजोर प्रावधान ।
  • आफ्नो आकार र वर्चस्व वढाउँदै जाने प्रवृत्ति । (Empire building)
  • समन्वय, सहकार्य र सहभावनाको कमजोर अवस्था
प्रतिक्रिया दिनुहोस्