पूर्वाधार विकास कार्यालयका लेखा अधिकृतविरुद्ध मुद्धा
काठमाडौं, १५ माघ । पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत बिष्णुहरि पुडासैनीविरुद्ध मुद्धा दायर भएको छ ।
सडक निर्माणका लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोबिलाइजेशन पेस्की लिन आएका सेवाग्राहीसँग २२ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको हो ।
पुडासैनीले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टंगालबाट खटिइएको आयोगको टोलीले घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा पीकेबी निर्माण सेवामार्फत हेटौंडा फर्पिङ, सिस्नेरी सडक निर्माणको लागि टेन्डर सम्झौता बमोजिमको मोविलाइजेशन पेश्की उपलब्ध गराउने क्रममा पुडासैनीले आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि भएको भन्दै उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
