कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८० पुग्यो
बेइजिङ, १६ माघ । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ । चीनको मध्य सहर वुहानबाट सुरू भएको भाइरसको संक्रमण विश्वका विभिन्न १५ मुलुकमा फैलिएको छ ।
बिहीबार बिहानसम्म झण्डै साढे ७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको चीनले बताएको छ ।
संक्रमण नियन्त्रण जारी रहेका समय विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसससँगको भेटवार्तामा राष्ट्रपति सीले कोरोना भाइरस संक्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताएका छन् ।
