Logo

विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारकाे तयारी,




काठमाडौं १६ चैत्र विद्यालयमा खाली रहेका शिक्षक दरबन्दी पूर्ति गर्न सरकारले तगारिअघि बढाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो।

शिक्षा ऐनमा फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको थियो।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अनुत्तीर्ण शिक्षकलाई पुनः करारमा नियुक्ति गर्नु भन्दा पनि छोटो अवधिका लागि नयाँ शिक्षक भर्ना गर्नु उपयुक्त हुने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो– ‘शिक्षा ऐनमै भएको व्यवस्था विपरीत जान नमिल्ने भएपछि सरकारले विद्यालयमा खाली भएका शिक्षक नियुक्तिका लागि नयाँ विकल्प खोज्नुपर्छ।’ आयोगको परीक्षामा करिब १० हजार शिक्षक अनुत्तीर्ण भएको अनुमान गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता दीपक शर्माले अनुत्तीर्ण शिक्षकलाई करारमा नियुक्ति गर्न नमिल्ने स्पष्ट व्यवस्था भएपछि विद्यालय व्यवस्थापन समितिमार्फत करारमा शिक्षक नियुक्ति गर्ने योजना रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्