सम्पत्ति विवरण बुझाउनु नपर्ने व्यवस्थाको विरोध
काठमाडौं, १९ माघ । राष्ट्रियसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावमा सैद्धान्तिक छलफल भएको छ ।
छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण बुुझाउन नपर्ने व्यवस्था गरेकामा उचित नभएको बताए । सांसद वृषेशचन्द्र लालले अनुचित कार्यलाई प्रोत्साहन गर्ने गरी प्रावधान ल्याइएको जनाउँदै आयोगको पारदर्शीताबारे विधेयकले बोल्नुपर्ने जनाए ।
सांसद प्रमिला कुमारी र जीतेन्द्रनारायण देवले भ्रष्टाचारमुक्त मुलुक बनाउने हो भने आयोगलाई नै कसरी भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए । सांसद ठगेन्द्रप्रकाश पुरीले विधेयक समय सान्दर्भिक भएको उल्लेख गरे ।
