Logo

यातायात कार्यालयका घुस लिने अधिकृत सहित घुस दिने पनि नियन्त्रणमा



काठमाण्डौं, २० माघ । यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङ स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले १३ हजार रुपैयाँ घुससहित पौडेललाई नियन्त्रणमा लिइएको हो । गाडीको कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राही दीपक खतिवडासँग घुस लिएको अख्तियारले जनाएको छ ।

घुस दिने खतिवडालाई पनि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्