एक लाख घुससहित अधिकृत पक्राउ
काठमाडौं, २० माघ । काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत युवराज पौडेल १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले पौडेल र उनका सवारी चालक सञ्चित दुलाललाई एक लाख नगदसहित पक्राउ गरेको हो ।
नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस मागेको सूचनाका आधारमा वलम्बु च्याउ सहाकरी अगाडिबाट आइतबार साँझ उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए । पौडेलमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
