Logo

संविधान के हो ? यसलाई मुल कानुन मान्नु र निर्माण गर्नुको कारण लेख्नुहोस् ।



संविधान के हो ? यसलाई मुल कानुन मान्नुको कारण र निर्माण गर्नुको कारण लेख्नुहोस् ।

संविधान के हो ?
– देशको सम्पुर्ण शासन प्रणाली संचालन गर्नलाई जम्मा गरिएको नियमहरुको संगालो नै संविधान हो ।
– जसले सरकारको स्थापना एवम् संचालन र सरकारलाई नै शासित गर्दछ ।
-सरकारको शक्ति¸जनताको अधिकार¸शासक र शासित बिचको सम्बन्ध समावेश भएको हुन्छ ।
– सरकारको स्वेच्छाचारिता सिमित गर्ने¸जनताको अधिकारको रक्षा र सार्वभौमशक्तिको परिभाषा गर्ने दस्तावेज नै संविधान हो ।
– राज्य संचालन गरिने मूल कानुन र सिद्धन्तहरुको संग्रह संविधान हो ।
– राज्यका सम्पुर्ण जनताको अधिकार प्रत्याभूति गर्ने एउटा महत्वपुर्ण लिखतलाई संविधान भनिन्छ ।
– सरकारको स्वविकेकी अधिकारमाथी सीमा लगाउने र जनताको हक किटान गरिदिने दस्तावेज
– सरकारलाई शक्ति प्रदान गर्ने र शक्तिमाथि नियन्त्रण लगाउन सक्ने कानुनी अस्त्र हो ।
– देशको मूल कानुन हो ।
– देशको शासन संचालन गर्ने मार्ग दर्शक सिद्धन्तहूको संग्रह
– जनता र सरकार विचको सम्बन्ध व्यवस्थित गर्दछ ।
– शासकलाई शक्ति प्रदान गर्दछ भने दुरुपयोगलाई रोक्दछ ।
– यो एक राजनैतिक सहमतिको कानुनी दस्तावेज हो ।

संविधानलाई मूल कानुन मान्नुका कारणहरु निम्न अनुसार रहेका छन:
– निर्माण प्रक्रियाको दृष्टिकोणबाट – संविधान जनता आफैले निर्माण गर्दछन् ।
– संविधानको व्याख्या – संविधानको सम्बन्धमा कुनै दुविधा भएमा सर्वोच्च अदालतले मात्र ब्याख्या गर्ने गर्दछ ।
– संशोधन प्रक्रिया – निश्चित विषयबस्तु असंशोधनीय हुन्छ ।
– विषयबस्तुको दृष्टिकोण – संविधानका विषयबस्तुहरु राजनैतिक सिद्धान्तको आधारमा तय भएको हुन्छ ।
– कानुनको वर्गिकरण अनुसार – संविधान सार्वजनिक कानूनको रुपमा लागू हुन्छ
– संबैधानिक सर्वोच्चता – स‌ंविधानभन्दा माथी कोही पनि रहदै ।
– सरकारलाई अधिकार प्रदान गर्ने¸नियन्त्रण गर्ने र उत्तरदायी बनाउने दस्तावेज

नयाँ संविधान निर्माण गर्नु पर्ने कारणहरु:
– राज्य क्रान्तीको सफलता
– नयाँ राज्यको उदय
– उपनिवेशबाट स्वतन्त्र भएमा
– राज्यलाई बृहत रुपको लोकतान्त्रीकरणको दिशातर्फ लान
– राज्य व्यवस्थामा रहेको गतिरोध अन्त्य गर्न ।

संविधान निर्माणका विधिहरु;
– संबैधानिक सम्मेलनको आयोजना गरेर (अमेरिकामा सन् 1789 मा जारी पहिलो लिखित संविधान)
– संबैधानिक आयोग तथा संविधानविद्हरुद्धारा (नेपालको वि.सं. 2015¸2019¸2047 को संविधान)
– शासकद्धारा एकलौटी रुपमा जारी (नेपालको 2004 र 2007 को संविधान)
– जनमत संग्रह (स्वीजरल्याण्डमा जारी गरिएको संविधान )
– अरुले लेखेको संविधान (जापनले स्वीकार गरेको संविधान)
– संविधान सभाबाट

संविधानको बर्गिकरण
– ऐतिहासिक आधारमा
निर्मित संविधान
विकसित संविधान
रुपका आधारमा
लिखित संविधान
अलिखित संविधान
– परिवर्तनका आधारमा
कठोर संविधान
नरम संविधान
– शक्ति विभाजनका आधारमा
एकात्मक संविधान
संघात्मक संविधान

संबैधानिक कानुन भनेको के हो ?
संविधानले परिकल्पना गरेका विभिन्न अंग तथा निकायहरुले गर्ने काम कारवाहीलाई व्यवस्थित गर्न संविधानको अधिनमा रही निर्माण भएका आवश्यक कानुनहरु नै संबैधानिक कानून हो । जस्तै – व्यवस्थापिका संसद कार्य संचालन नियमावली¸ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ निर्वाचन आयोग ऐन ।

प्रतिक्रिया दिनुहोस्