Logo

खरिदार तथा नायब सुव्वा लक्षित विषयगत सम्भावित प्रश्नोत्तरहरु



१) नेपाल सरकारको लेखा प्रणालीका स्वरूपबारे लेख्नुहोस् ।

सरकारी लेखा प्रणालीका स्वरूपहरू:
नेपाल सरकारको आम्दानी खर्च राजस्व धरौटीलगायतका विषयको अभिलेखांकन गर्ने तथा सोही अनुरूप प्रतिवेदन दिनेसम्मको कार्य सरकारी लेखा प्रणालीभित्र पर्दछ । सरकारी लेखा प्रणाली निम्नानुसार २ स्वरूपबाट सञ्चालित भएको पाइन्छ ।

१) केन्द्रीयस्तरको लेखा
बजेट बाँडफाँड, निकासा, रकमान्तर शीर्षकगत र स्रोतगत हिसाब भिडान तथा स्रोत एवं शीर्षक परिवर्तनसम्मको लेखात्मक प्रयोजनका लागि केन्द्रीयस्तरका कार्यालयहरूले प्रयोग गर्ने लेखा ।

२) कार्यसञ्चालनस्तरको लेखा
बजेट सञ्चालन तथा लेखांकन र प्रतिवेदनसम्मको लेखात्मक प्रयोजनको लागि कार्यसञ्चालनस्तरका कार्यालयहरूले प्रयोग गर्ने लेखालाई कार्यसञ्चालनस्तरीय लेखा भनिन्छ ।

केन्द्रीयस्तर तथा कार्यसञ्चालनस्तर दुवै लेखामा राजस्व, धरौटी, विनियोजन, सम्पत्ति, आयोजना, ऋण, जिन्सी आदि लेखाहरू भने अनिवार्य रूपमा राखिन्छ ।

२) आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षणबीचको भिन्नता उल्लेख गर्नुहोस् । (२.५+२.५=५)

  • आन्तरिक लेखापरीक्षण अन्तिम लेखापरीक्षण
  • व्यवस्थापन भित्रैबाट गरिने परीक्षण स्वायत्त निकायबाट गरिने परीक्षण।
  • मूलतः चौमासिक रूपमा गरिन्छ आर्थिक वर्ष सकिएपछि गरिन्छ ।
  • कोलेनिकाले गर्दछ मलेपले गर्दछ ।

– प्रतिवेदन सार्वजनिक गरिँदैन व्यवस्थापिका संसद्मा सार्वजनिक हुन्छ ।
– औचित्यको आधारमा परीक्षण गर्दैन औचित्यसमेत हेर्दछ, हेरिन्छ ।

३) अन्तःशुल्कका बारेमा लेख्नुहोस् । (५)

मानव स्वास्थ्यलाई असर गर्ने र वातावरणमा ह्रास पुर्याउने किसिमका वस्तु तथा सेवाहरूको उत्पादन तथा पैठारीमा लाग्ने कर नै अन्तःशुल्क हो । मदिरा, चुरोट तथा अन्य यस्तै प्रकृतिका वस्तु तथा सेवामा यो कर लाग्ने गर्दछ । नेपालको कुल राजस्वमा यसको योगदान उल्लेखनीय रहेको पाइन्छ ।

– अन्तःशुल्क ऐन, २०५८ र नियमावली, २०५९ द्वारा सञ्चालित र व्यवस्थित
– भौतिक नियन्त्रण र स्वयम् निष्काशन पद्धति गरी २ तरिकाबाट असुली गरिने व्यवस्था
– अप्रत्यक्ष कर
– उत्पादन र पैठारीमा लाग्ने
– प्रत्येक वर्षको आर्थिक अध्यादेशले अन्तःशुल्क को दर निर्धारण गर्ने ।

४) निजामती सेवाको सकारात्मक र नकारात्मक प्रवृत्तिहरूबारे लेख्नुहोस् । (२.५+२.५=५)

राज्य व्यवस्था सञ्चालन गर्ने शिलशिलामा सरकारको नीति तथा कार्यक्रमलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने स्थायी प्रकृतिको संयन्त्र नै निजामती सेवा हो ।

निजामती सेवाका सकारात्मक पक्षहरू:

योग्यता प्रणालीमा आधारित
पदसोपानको व्यवस्था
वृत्ति विकासका अवसरहरू
सेवाको सुरक्षा
गैरराजनीतिक चरित्र

निजामती सेवाका नकारात्मक पक्षहरू:

प्रक्रियामुखी, ढिलो र झन्झटिलो
उद्देश्यप्रति बेवास्ता गर्ने
नातावाद र कृपावाद हावी
सेवाग्राहीप्रति उत्तरदायित्वको कमी
मानवीय संवेदनशीलताको कमी
आर्थिक स्रोत साधनको चरम दुरुपयोग

५) नेपाल सरकारको केन्द्रीयस्तरका कार्यालयले के कस्तो कार्य गर्दछन् ? (५)

केन्द्रीयस्तरका कार्यालयले गर्ने कार्यहरू
नेपाल सरकारको केन्द्रीयस्तरका कार्यालयका रूपमा मन्त्रालय, संवैधानिक अंगहरू विभागहरू र सचिवालयहरू रहेका छन् ।

यिनले गर्ने कार्यहरू;
नीति निर्माण गर्ने (आफू मातहतका कार्य सञ्चालन गर्ने)
मातहतका कार्यालयहरूबीच समन्वय गर्ने
सरकारका नीति निर्माण गर्ने कार्यमा सघाउने
योजना बनाउने, कार्यान्वयनका लागि रणनीति बनाउने
स्रोत परिचालन गर्ने (बजेट)

६) केन्द्रीय प्रशासन भनेको के हो ? (५)

सरकारको प्रशासकीय अधिकारको निर्देशन र नियन्त्रण हुने ठाउँ केन्द्रीय प्रशासन हो ।
यसले के कस्तो सेवा सुविधा कुन गुणस्तरमा र परिमाणमा के कसरी उपलब्ध गराउने भनी निर्णय गर्ने र सोको समुचित बन्दोवस्त गर्ने कार्य गर्दछ ।
यसमा मन्त्रालय, विभाग, संवैधानिक निकायहरू पर्दछन् ।

यसले ;
सेवा वितरण विषयवस्तु, स्थान र तरिका तोक्ने
सेवाको Standard तोकी Quality हेर्ने
सेवा र सुविधाको श्रोत बन्दोबस्त मिलाइदिने
सेवाको वितरणसम्बन्धी अनुगमन तथा मूल्यांकन गर्ने
नियन्त्रण र निर्देशनसम्बन्धी कार्यहरू गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्