लेखा प्रणाली भनेको के हो ? नेपालको वर्तमान लेखा प्रणालीका कमजोरी तथा सुधारका लागि सुझाबहरू दिनुहोस् ?
लेखा प्रणाली भनेको के हो ? नेपालको वर्तमान लेखा प्रणालीका कमजोरी तथा सुधारका लागि सुझाबहरू दिनुहोस् ?
आर्थिक अनुशासनका लागि : लेखा प्रणाली
- मौद्रिक महत्व भएको आर्थिक कारोबारलाई निश्चित ढाँचामा अभिलेख र प्रस्तुत गर्ने कार्यविधि नै लेखा प्रणाली हो ।
- लेखा प्रणाली एउटा सूचना प्रणाली हो जसले आर्थिक कारोबारको पहिचान, अभिलेखांकन, मापन, वर्गीकरण, पुस्ट्याइँ तथा संक्षेपीकरण गर्दछ ।
- आर्थिक कारोबारका विश्वव्यापी सिद्धान्तहरूको आधारमा आर्थिक कारोबारहरूको संकलन र वर्गीकरण गरी गोस्वारा भौचर, नगदी किताब, बही खाता तयार गरी संस्थाको वित्तीय विवरणहरू तयार गर्नेसम्मको कार्यलाई समग्रमा लेखा प्रणालीका रूपमा चिनिन्छ ।
- लेखा प्रणालीलाई एकोहोरो लेखा प्रणाली र दोहोरो लेखा प्रणाली गरी २ भागमा वर्गीकरण गर्न सकिन्छ ।
- आधुनिक लेखा प्रणालीअन्तर्गत नेपालको वर्तमान सरकारी स्रेस्ता प्रणाली दोहोरो स्रेस्ता प्रणालीमा आधारित छ । यसको सुरुवात वि।सं। २०१८ सालदेखि भएको हो । यसलाई नयाँ स्रेस्ता प्रणाली भनेर पनि चिनिन्छ ।
यसका कमजोरी तथा सुधारका उपायहरू निम्नानुसार प्रस्तुत गरिएको छ ।
नेपालका लेखा प्रणालीका कमजोरीहरू:
✔️ नगदमा आधारित हुनु,
✔️ आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नभएको,
✔️ समयमा केन्द्रीय लेखा तयार नहुने,
✔️ ह्रासकट्टीको व्यवस्था नभएको,
✔️ सम्पत्ति र दायित्वको यथार्थ स्थिति मूल्यांकन गर्न नसकिएको,
✔️पेस्कीलाई खर्च मान्ने पद्धति रहेको,
✔️ लेखाका परम्परागत ढाँचामा आधारित फारामहरू,
✔️ पद्धतिमा आधारित हुन नसकेको,
✔️ जिन्सी लेखांकनमा स्पष्टता नभएको, आदि ।
सुधारका लागि सुझाबहरू:
- सरकारी लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय मानदण्डबमोजिम तादात्म्य मिल्ने गरी परिमार्जन गर्ने
- लेखा प्रणाली बजेटको उद्देश्य पूरा गर्ने हुनुपर्ने,
- नगद आधारको लेखांकनबाट प्रोद्भावी लेखांकन प्रणालीमा परिणत गर्नुपर्ने,
- लेखाका फारामहरूलाई परिमार्जन र सरलीकरण गर्नुपर्ने,
- लेखा प्रणाली सरकारी आम्दानी, खर्च, सम्पत्ति र दायित्वको पूर्ण कारोबारको पूर्ण लेखांकनमा सक्षम हुनुपर्ने
- लेखा प्रणालीले सर्वमान्य लेखाका सिद्धान्त अवलम्बनमा जोड दिनुपर्ने,
- समयमै वित्तीय विवरण तयार गरी लेखापरीक्षणमा सघाउ पुर्याउनुपर्ने,
- आन्तरिक नियन्त्रण व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने
- स्पष्ट लेखा नीतिहरू तर्जुमा गरी लागू गर्ने ।
अन्त्यमा, कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुनबमोजिम राखिएको हिसाब तथा सो कारोबारलाई पुष्टि गर्ने कागजात लेखा हो । लेखा राख्ने पद्धतिलाई लेखा प्रणालीका रूपमा चिनिन्छ । नेपालको वर्तमान स्रेस्ता प्रणालीमा देखिएका समस्यालाई सुधार गर्दै अगाडि बढ्न सकेमा सरकारी कार्यालयलाई छु्ट्याएको बजेटको सदुपयोग भई समग्र मुलुकमा सुशासन कायम गर्न सहयोग पुग्ने देखिन्छ ।
