Logo

६८ आयोजना गुणस्तरहीन



काठमाडौं, २४ माघ । राष्ट्रिय सर्तकता केन्द्रले प्राविधिक परीक्षण गरेका ६८ आयोजना गुणस्तरहीन पाइएको छ । गुणस्तरहीन १२ आयोजनाको छानबिन गर्न भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको छ ।

सर्तकताले प्रधानमन्त्री केपी ओलीलाई बुझाएको वार्षिक प्रतिवेदनमा १ सय ७ आयोजनाको प्राविधिक परीक्षण गरेको उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ५, कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयको १ र शिक्षा मन्त्रालयका २ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ३ आयोजनाको फाइल अख्तियारमा पठाइएको छ।

सतर्कताले गुणस्तर नियन्त्रण कायम गर्न भौतिक पूर्वाधारका ९, सहरी विकासका १०, ऊर्जा, जलस्रोत तथा सिँचाइका ११, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका ९, संघीय मामिलाका ११, सञ्चारका ९ र खानेपानी मन्त्रालयका ९ आयोजनालाई सुधार गर्न निर्देशन दिएको छ।

सतर्कताले राष्ट्रिय गौरवका ११, सडकरग्रामीण सडक आयोजना ६५, पुल आयोजना ९झोलुंगे० ११, सिँचाइ आयोजना ६, भवन निर्माण तथा सहरी विकास आयोजना ३, विमानस्थल आयोजना १, खानेपानी तथा सरसफाइ आयोजना २, नदी तथा जल उत्पन्न प्रकोप आयोजना २ को प्राविधिक परीक्षण गरेको छ । एउटा जलविद्युत आयोजना, ऊर्जारविद्युत् प्रसारण तथा वितरण २, दूरसञ्चार २ र अन्य एउटा आयोजनाको पनि प्राविधिक परीक्षण गरिएको छ ।

०७५/७६ मा सर्तकतामा १ हजार ५ सय ३५ उजुरी परेको छ । अघिल्लो वर्षबाट सरेर आएका ३ सय ३६ समेत गरी जम्मा उजुरी १ हजार ८ सय ७१ भएको छ । तीमध्ये १ हजार ४ सय ११ फस्र्यौट भएको छ। थप छानबिन गर्न २ सय ५९ अख्तियारमा पठाइएको छ। २६ वटामा सुझाव, निर्देशन, सर्तक र ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्