Logo

संसदको अर्को बैठक आइतबार मात्रै



काठमाडौं, २४ माघ । प्रतिनिधि सभाको बैठक आइतबार १ बजे मात्रै बस्ने भएको छ ।
विशेष कारणवस आज पुन: बैठक बस्न नसकेको जनाउँदै प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक आइतबारका लागि तोकिएको हो ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले आघा घन्टाका लागि बैठकअवरुद्ध गरेको थियो ।

राजनीतिक प्रतिशोधका आधारमा अख्तियारले पूर्वप्रधानमन्त्री तथा उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरेको कांग्रेसको आरोप छ।

बिहीबार पनि कांग्रेसले सोही विषय उठाएर बैठक अवरुद्ध पारेको थियो । तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्