Logo

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित



काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक मंगलबारसम्म स्थगित भएको छ । आइतबार बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षको विरोधका बावजुद बैठक चल्न नसक्ने भन्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए ।

कांग्रेसले संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध राजनीतिक प्रतिशोधका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै तेस्रोपटक सदन अवरूद्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्