जनयुद्ध दिवसमा सार्वजानिक बिदा
कालिकोट, २६ माघ । जिल्लाको पलाता गाउँपालिकाले नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध सुरू भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दिवसको अवसरमा पलातामा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात गर्न लागिएको गाउँपालिले जानकारी दिए ।
