Logo

पाँच हजार घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ



काठमाडौं, २६ माघ । ट्राफिक प्रहरी पोष्ट रामनगर, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारी ५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अधिकारीले टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटक-पटक घुस माग्ने गरेका थिए । बिभिन्न बहानामा डर देखाई टिप्पर गाडी रोकी दुस्ख दिने गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनलाई पाँच हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका थिए । अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्