Logo

विदेश पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने पक्राउ



काठमाडौं २८ काठमाडौं । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर आठ लाख रुपैयाँ लिएको महानगरीय परिसर भक्तपुरले जानकारी दिए ।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको र थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्