Logo

डोटीमा पीडीतका लागि राहत संकलन



डाेटी १९ चैत्र गत आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको बिनासकारी हावाहुरीबाट पीडीत भएकाहरुको लागि दिपायलमा राहत संकलन गरिएको छ । डाेटी च्याम्बर अफ कमर्सले मंगलबार राहत संकलन गरेको हो ।

राहतबाट ३२ हजार ३ सय ७७ रुपैया संकलन भएको च्याम्बर अफ कमर्सका सचिव तथा भलाई कोष संयोजक तेज डुम्रेलले जानकारी दिए । कमर्सको टोलीले पिपल्ला बजारमा राहत संकलन गरेको थियो । एउटा नेपाली पीडामा पर्दा अरु नेपाली खुसी हुन नसक्ने बताउदै च्याम्बरका अध्यक्ष केबी साउदले थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले राहत संकलन गरेको बताए । उनले प्रमुख जिल्ला अधिकारी मार्फत पीडीतहरुलाई राहत हस्तान्तरण गरिने जानकारी दिए ।
हावाहुरी चल्दा २७ जनाको ज्यान गएको छ भने ४०० परिवार घरबारबिहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्