७५ हजार घुससहित वडा सदस्य पक्राउ
काठमाडौं, १ फाल्गुन । तनहुँको भानु नगरपालिकाका वडा नं १३ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य कृष्णबहादुर अधिकारी र इञ्जिनीयर सुकदेव अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो ।
वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस सहितको कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको भन्दै घुस मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियारले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
