Logo

कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु



काठमाडौं, १ फाल्गुन । कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।

कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेको समाचार संस्था अरब टाइम्स ले जनाएको छ ।

बालुवा र गिट्टीको थुप्रोमा पुरिएका अन्य तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । घाइते तीन जनाको जाहारा अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख छ ।

चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको हो । ज्यान गुमाएका र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन ।
उज्यालो

प्रतिक्रिया दिनुहोस्