सुदूरपश्चिम प्रदेशमा भिडियो कन्फरेन्स
धनगढी, १ फागुन । सुदूरपश्चिम प्रदेश सभाले प्रदेशका ९ वटै जिल्लामा भिडियो कन्फरेन्स (श्रव्यदृश्य) सुरु गरेको छ । ८ वटै जिल्लामा रहेका जिल्ला समन्वय समिति र एक स्थानीयतहमा एकसाथ छलफल गर्न सक्ने डिजिटल प्रविधि जडान गरी भिडियो कन्फरेन्स सुरु गरेको हो ।
कैलाली जिल्ला समन्वय समितिसँगै प्रदेशसभा भवन भएकाले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने टीकापुर नगरपालिकामा भिडियो कन्फरेन्स गर्न सक्ने प्रविधि जडान गरेको छ ।
जिल्ला समन्वय समितिका प्रतिनिधिसँग एकसाथ परिचयात्मक कार्यक्रम गरी बुधबार, सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले भिडियो कन्फरेन्स प्रविधि सुरुवात गरे । भिडियो कन्फरेन्सका लागि प्रदेशसभा सचिवालयको बैठक कक्षमा क्यामेरासहितको एलइडी मोनिटर, अडियो सिस्टम र २० एमबीपिएसको इन्टरनेट जडान गरिएको छ । भिडियो कन्फरेन्सका लागि प्रदेशका सातवटै पहाडी जिल्ला र कञ्चनपुर जिल्ला समन्वय समितिको हलमा पनि सोही प्रविधि जडान गरिएको छ । कैलाली जिल्ला समन्वय समिति प्रदेशसभा सचिवालयसँगै रहेको छ ।
विकासमा पछाडि परेको प्रदेशमा भिडियो कन्फरेन्सबाट दुर्गमका मुद्धामा छलफल हुने, सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले विश्वास व्यक्त गरे । प्रदेश सभा सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपि० को सहयोगमा भिडियो कन्फरेन्स हलको पनि स्थापना गरेको छ ।
