Logo

राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन



रुपन्देही, २ फागुन । राष्ट्रिय सभा सांसद तथा कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो ।

उनी २०४६ सालको जनआन्दोलनदेखि काङ्ग्रेसमा आबद्ध भएका थिए । उनको शुक्रबार नै लुम्बिनीमा अन्त्येष्टि गरिने प्रदेश सभा सदस्य फकरुद्दिन खानले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्