Logo

अधिकारीले गरे नेपाल वायुसेवा निगम संचालक समिति अध्यक्षको पदभार ग्रहण



काठमाडौं, २ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल वायुसेवा निगम संचालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

उनले निगमका तर्फबाट प्रस्तुत गरिने निगमको हितसँग सम्वन्धित विषयमा मन्त्रालय जहिले पनि सहयोगी बन्ने र कुनै बाधा व्यवधान आए समाधान गर्न सक्रिय रहने बताएका छन् ।

नेपाल वायुसेवा निगममा सरकारको लगानी भएकोले यसको हेर विचार पनि सरकारले नै गरिरहेको र भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्