Logo

वुहानबाट १७५ नेपाली आइपुगे, १० जना चिनमै



काठमाडौं, ४ फागुन । चीनको वुहान अन्तर्राष्ट्रिय विमानस्थलबाट १७५ नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलायन्सको जहाज मार्फत आज विहान उनीहरुलाई नेपाल ल्याइएको हो ।

उनीहरुलाई भक्तपुर स्थित खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ । खरिपाटी लैजानु अघि त्रिभुवन विमानस्थलमै उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान प्रान्तको आसपासबाट वुहान अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएका १८५ नेपालीमध्ये १० जना भने चीनमै रोकिएका छन् । १० जनामध्ये ६ जनामा उच्च ज्वरो देखिएको छ । यस्तै ४ जनाले भने नेपाल आउन नमानेपछि उनीहरु चीनमै रोकिएका हुन् ।

चीनको विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएपनि दोस्रो चरणको परीक्षण गर्दा ६ जनालाई उच्च ज्वरो देखिएको थियो ।

उच्च ज्वरो आएका ६ जना नेपालीलाई चीनमा नै चिकित्सकको निगरानीमा राखेर उपचार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्