गण्डकी सरकारको २ वर्षे उपलब्धि पुस्तकमा
पोखरा, २ फागुन । गण्डकी प्रदेश सरकारले २ वर्षका उपलब्धि सार्वजनिक गरेको छ । आइतबार फागुन ४ गते प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको अवसर पारि २१४ बुँदामा २ वर्षका उपलब्धि सार्वजनिक गरेको हो । आफ्नो दुई वर्षको उपलब्धिलाई समेटेर पुस्तक तयार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन ४ गते मुख्यमन्त्रीको सपथ लिएका थिए। सरकार गठन भएको दिनलाई नै गण्डकीले प्रदेश दिवस मान्दै आएको छ।
तत्कालीन प्रदेश प्रमुख बाबुराम कुँवरसँग सपथ लिएकै दिन मुख्यमन्त्री गुरुङले रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ खुवाएका थिए । २ सदस्यीय मन्त्रिपरिषद् बैठकले सोही दिन बसेर केही दूरगामी महत्वका निर्णय लिएको थियो । त्यसमध्ये महत्वपूर्ण २ वर्षभित्र सबै घरमा आधारभूत खानेपानी र बिजुली पुर्याउने सरकारको निर्णय थियो ।
बिजुली नपुगेका घर १४ प्रतिशत र खानेपानी नपुगेका घर ९ प्रतिशत रहेको प्रारम्भिक अनुमान थियो। प्रदेश सरकारले बिजुली पुर्याउन नसक्ने ठाउँमा सोलारमार्फत भएपनि उज्यालो बनाउने नीतिअनुसार बजेट विनियोजन गरेको छ ।
प्रदेशको नामकरण र राजधानी तोक्ने अर्को महत्वपूर्ण उपलब्धि भएको मन्त्री गुरुङले सुनाए । २०७५ साल असार १८ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको राजधानी पोखरा तोकेको थियो । २२ गतेको बैठकले प्रदेश नम्बर ४ लाई गण्डकी प्रदेश नामकरण गरेको थियो ।
Gandaki-Pradeshko-2-Barsh-Book